थप ६ सचिवको सरुवा, काठमाडौँ महानगरपालिकामा न्यौपाने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

थप ६ सचिवको सरुवा, काठमाडौँ महानगरपालिकामा न्यौपाने


प्रशासन विशेष ब्युरो

४ बैशाख २०७६, बुधबार


सचिव

काठमाडौँ । तीन जना सचिवको सरुवा सार्वजनिक भएको केही दिन पछि सरकारले थप ६ जना सचिवको सरुवा गरेको छ ।

पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं १ का प्रमुख सचिव केदार न्यौपानेलाई काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको छ । प्रमुख प्रशासकीय अधिकृत यादव प्रसाद कोइरालाको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको रूपमा सरुवा भएसँगै रिक्त महानगरमा न्यौपानेलाई ल्याइएको हो ।

यसै गरी हरि बस्याललाई गण्डकी प्रदेशको सचिवमा पदस्थापन गरिएको छ भने कर्णाली प्रदेशका प्रमुख सचिव रामप्रसाद थपलियालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै महिला आयोगका अनिल ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । कर्णाली प्रदेशको प्रमुख सचिवमा केवल प्रसाद भण्डारीलाई पठाइएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका वरिष्ठ सहसचिव सुरेश अधिकारीलाई कामु सचिव बनाई प्रदेश नं १ को प्रमुख सचिवको जिम्मेवारी दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार :  तीन सचिवको सरुवा, सामान्य प्रशासनमा यादव कोइराला

Tags :
प्रतिक्रिया दिनुहोस