पत्रकार महासंघद्वारा आन्दोलनको घोषणा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पत्रकार महासंघद्वारा आन्दोलनको घोषणा


४ बैशाख २०७६, बुधबार


काठमाडौं । नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ । पत्रकारलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन लगाएको विरोधमा महासंघले आन्दोलनको घोषणा गरेको हो ।

ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै यो दफा नै खारेज गर्न र अर्जुन गिरी लगायतका पत्रकारलाई रिहा गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको महासंघले जनाएको छ ।

महासंघले भोलि ५ गते विहान ९ः३० देखि १०ः३० बजेसम्म जिल्ला शाखामार्फत जिल्लामा १ घण्टा धर्ना बस्ने र महासंघ केन्द्रीय समितिले गृह र सञ्चार मन्त्रालयमार्फत विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको छ ।

थप कार्यक्रम भोलि तय गर्ने महासंघले बताएको छ । यसका लागि भोलि नै महासंघ केन्द्रीय समिति बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस