देशको प्रतिक नोट्र–डाम जलिरह्यो…. « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देशको प्रतिक नोट्र–डाम जलिरह्यो….


प्रशासन संवाददाता

३ बैशाख २०७६, मंगलबार


एजेन्सी । भीषण आगलागीका कारण फ्रान्सको नोट्रेड्याम क्याथेड्राल गिर्जाघरमा ठूलो क्षति पुगेको छ । पेरिस सहरको सबैभन्दा चर्चित स्मारकका रुपमा विश्वभर सुपरिचित उक्त विशेष ऐतिहासिक गिर्जाघरमा आगलागी भएपछि  विश्व नै स्तब्ध भएको छ ।

नोट्र–डामलाई यसअघि १९ औं शताब्दीमा पुनर्निर्माण गरिएको थियो । तर पछिल्लो समय यसमा प्रयोग भएका ढुंगाहरु चर्किदैं गएकाले यसको जीर्णोद्वार सुरु गरिएको थियो । केही अधिकारीले जीर्णोद्वारकै क्रममा आगलागी सुरु भएको आशंका व्यक्त गरेका छन् ।

आगलानी नियन्त्रण गर्ने प्रयास चलिरहँदा आगो गिर्जाघरको छानोमा फैलिएर त्यसलाई पनि जलाएर नष्ट गर्यो । गिर्जाघरको भित्री भाग काठले बनेकाले पनि आगो चाँडै फैलिएको र नियन्त्रण गर्न समय लागेको थियो ।

आगो निभाउन ४०० भन्दा बढी अग्नि–नियन्त्रक खटाइएको थियो । हाल आगलागी नियन्त्रणमा आएको छ । अग्नी नियन्त्रकहरुले आगलागीले गिर्जाघरमा धेरै क्षति पु¥याएको भए पनि मुख्य संरचना भने बचाउन सफल भएको बताएका छन् ।

फ्रान्सेली राष्ट्रपति एमान्युअल म्याक्रोले सोमबार राति सम्बोधन गर्दै आगलागीलाई ‘ठूलो विपत’को संज्ञा दिए । नियन्त्रण गर्नको लागि देखाइएको शीघ्रताको लागि धन्यवाद दिदैं उनले वाचा पनि गरे ‘हामी सिबै मिलेर नोट्र–डाम बनाउनेछौं ।’

प्रतिक्रिया दिनुहोस