तीन सचिवको सरुवा, सामान्य प्रशासनमा यादव कोइराला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

तीन सचिवको सरुवा, सामान्य प्रशासनमा यादव कोइराला


प्रशासन विशेष ब्युरो

२ बैशाख २०७६, सोमबार


सचिव

काठमाडौँ। सरकारले तीन जना सचिवको सरुवा गरेको छ ।

सोमबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ । मन्त्रालयका तत्कालीन सचिव दिनेशकुमार थपलिया निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस भएसँगै सचिव पद रिक्त रहेको थियो ।

त्यस्तै केही दिन अघि मात्रै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा भएका सचिव चन्द्रकुमार घिमिरेलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । महिला मन्त्रालय एक महिनादेखि रिक्त रहेको थियो ।

त्यसैगरी हालै सचिवमा बढुवा भई पदस्थापन हुन बाँकी डा. हरिप्रसाद पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नै पदस्थापन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस