अबैध नगद सहित २ जना पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अबैध नगद सहित २ जना पक्राउ


२ बैशाख २०७६, सोमबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले अबैध नगद सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले यही बैसाख २ गते ०८:०० बजे कतार एयरवेजको उडानद्धारा स्वदेश फर्किन लागेका पोल्याण्डका Maksy Milikn Weglowski को साथबाट US डलर १३ हजार ६ सय, युरो ५ हजार २ सय र नेपाली रूपैया ५८ हजार र र Aakuv Stecki को साथबाट US डलर ६ हजार १ सय र युरो ५ हजार सहित पक्राउ गरेको छ ।

त्रिभुबन अन्तरराष्ट्रिय बिमान स्थलको अन्तरराष्ट्रिय उडान तर्फको होल ब्यागेज चेकिङ एरियामा चेकजाँच गर्ने क्रममा निजहरूलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस