दाङको घोराहीमा बास्केटबल खेल जारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दाङको घोराहीमा बास्केटबल खेल जारी


२ बैशाख २०७६, सोमबार


घोराही । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत बास्केटबल प्रतियोगिताको पाँचौ दिन आज बिहान चार खेल भएका छन् ।

दाङको घोराही उपमहानगरपालिका–१८ सालघारीमा भइरहेको सो खेलमा महिला बास्केटबलअन्तर्गत प्रदेश ३, सुदूरपश्चिम, त्रिभुवन आर्मी र पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बिहान भएको खेलमा प्रदेश नं ५ को १२ अङ्कका विरुद्ध ४५ अङ्क बटुलेर प्रदेश नं ३ सेमिफाइनलमा प्रवेश गरेको छ । त्यस्तै प्रदेश नं ४ को ३१ अङ्कका विरुद्ध त्रभुवन आर्मी क्लवले ५९ अङ्क ल्याएर सेमिफाइनलको यात्रा तय गरेका छन् भने प्रदेश नं १ को २९ अङ्कका विरुद्ध सुदूरपश्चिम प्रदेश ले ३३ अङ्क र सशस्त्र प्रहरीको एफिएफको ३५ अङ्कका विरुद्ध नेपाल पुलिस क्लबले ५७ अङ्क ल्याएर सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

आज दिउँसो पुरुषअन्तर्गतको बास्केटबल प्रतियोगितामा प्रदेश नं ५ र नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी र प्रदेश नं १ बीच खेल हुनेछ । यस्तै सशस्त्र प्रहरीको एपिएफ र प्रदेश ३ बीच खेल हुँदैछ भने सुदूर पश्चिम र प्रदेश ४ एकापसमा भिड्नेछन् ।

गत चैत २८ गतेदेखि शुरु भएको बास्केटबल प्रतियोगिता आउँदो वैशाख चार गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सात प्रदेशसँगै तीन विभागीय नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्रको एपिएफ गरी दश वटा समूहको सहभागिता रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस