बैशाख १२ गते, २०७६

नेकपा महासचिवद्वारा चीनमा दक्षिण एसिया अध्ययन केन्द्रको उद्घाटन

काठमाडौ । चीन भ्रमणमा रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले चीनको सान्सी प्रान्तमा रहेको सीयान विश्व विद्यालयमा सीयान साउथ एसिया स्टडिज् सेन्टर दक्षिण एसिया अध्ययन केन्द्रको उद्घाटन गरेका छन् ।

प्रमुख अतिथिका रुपमा आमन्त्रित पौडेलले आज सीयान दक्षिण एसिया अध्ययन केन्द्रको उद्घाटन गरेका हुन् ।

महासचिव पौडेलले भ्रमण अवधिभर चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

उनी शनिबार चीन भ्रमणमा गएका हुन् ।

बैशाख २ गते, २०७६ - ११ः५६ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg