सभापति देउवाद्वारा जनसम्पर्क बढाउन निर्देशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सभापति देउवाद्वारा जनसम्पर्क बढाउन निर्देशन


प्रशासन संवाददाता

१ बैशाख २०७६, आइतबार


नेपाली काङ्ग्रेस

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनसम्पर्क बढाउन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस कैलालीले प्रकाशन गरेको वार्षिक भित्ते पात्रोको आज यहाँ विमोचन गर्दै पूर्वप्रधानमन्त्री देउवाले घरघरमा पुगेर जनताको सुखका लागि काम गर्न निर्देशन दिए ।

सभापति देउवाले पार्टीमा गलत काम गर्नेलाई अनुशासनको कारवाही गरिने चेतावनी दिए । वर्तमान सरकारले अनियमितता गरेको र जताततै कर वृद्धि गरेर जनतालाई दुःख दिने काम गरेको उनको आरोप थियो ।

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकलगायतले पार्टीको सङ्गठन विस्तारमा जोड दिएका थिए । नेपाली कांग्रेस कैलालीले पार्टी र नेताको इतिहास समेटिएको वार्षिक भित्ते पात्रो प्रकाशन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस