विक्रम संवत् र नेपाली पात्रो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विक्रम संवत् र नेपाली पात्रो


भीमप्रसाद गुरागाँई

१ बैशाख २०७६, आइतबार


पात्रो

आउनु होस् आज हाम्रो नव वर्षको बारेमा संक्षिप्तरुपमा चर्चा गरौँ । वैशाख १ गते, नेपालीहरूले नव वर्ष मनाउँछन् । यसलाई एक दिन अघि वा पछि पारेर बङ्गलादेश श्रीलङ्का भारततिर सम्पूर्ण राज्यहरूमा सांस्कृतिक तथा परम्परामा आधारित रहेर पनि विक्रम संवत्लाई नव वर्षको रूपमा नै मनाइन्छ । कहीँ विषु त कहीँ बैसाखी त कहीँ वसन्त भनेर मनाइन्छ । उत्तर, पूर्वोत्तर र पश्चिमोत्तर भारतमा पनि यो दिनमा नव वर्ष मनाइन्छ र यसैलाई सामाजिक र सांस्कृतिक मान्यता पनि दिइएको छ । विक्रम संवत् नेपालमा परापूर्व कालदेखि प्रचलनमा रहेको कुरा विभिन्न समयको शिलालेख जस्तै लिच्छविकाल, मल्लकाल आदि बाट प्रमाणित हुन्छ । तर यसलाई आधिकारिक रूपमा चलन चल्तीमा ल्याउने काम चन्द्रशमशेरले गरे । हालमा नेपालमा नागरिक प्रयोग र आधिकारिक प्रयोगमा सौर्य वर्ष विक्रम संवत् र सौर्य महिना वैशाख, ज्येष्ठ, असार, श्रावण प्रयोग गरिन्छ ।

नेपाली पात्रोमा चन्द्र र सूर्य दुवैको स्थान वा चलनलाई गणना गरी तयार परिन्छ । यसमा विक्रम संवत् सुरु हुनु भन्दा करिब ४५० वर्ष पहिले लेखिएको ग्रन्थ सूर्य सिद्धान्तमा आधारित गणितको नियम र आधुनिक वैज्ञानिक पद्धति दुवैको प्रयोग गरिन्छ । नेपाली पात्रोमा चन्द्र महिना र सूर्य महिना दुवै हुन्छन् । चन्द्र महिना कृष्ण पक्ष प्रतिपदाबाट सुरु भएर शुक्ल पक्ष पूर्णिमामा समाप्त हुन्छ । यसमा कृष्ण पक्ष १५ दिन र शुक्ल पक्ष १५ दिन हुन्छ । चन्द्र वर्ष चैत्र शुक्ल पक्ष प्रतिपदाबाट सुरु भएर चैत्र कृष्ण पक्ष औंशीको दिन समाप्त हुन्छ । चन्द्रमाले पृथ्वीको ३६० डिग्री परिधिलाई परिक्रमा गर्न २७.५५४५५ दिन लगाएता पनि, एक पूर्णिमा देखि अर्को पूर्णिमा सम्मलाई एउटा चन्द्र महिना मानिन्छ । जुन २९.५३०६ दिनको (२९ दिन १२ घण्टा ४४ मिनेट ४ सेकेन्ड) हुन्छ । त्य

सैले चन्द्र महिनालाई लिएर वर्ष बनाउँदा ३५४.३६७२ दिन (३५४ दिन ८ घण्टा ४८ मिनेट ४६ सेकेन्ड) को वर्ष हुन्छ जुन सौर्य वर्षभन्दा १०.८७ दिन (१० दिन २० घण्टा ५२ मिनेट ४८ सेकेन्ड) ले छोटो हुन्छ ।
यसलाई समायोजन गर्न पात्रोमा मलमासको व्यवस्था हुन्छ, यो प्रत्येक ३२ महिना १६ दिन ४ घडी पछि मल मास पर्छ । ३५४.३६७२ दिन (३५४ दिन ८ घण्टा ४८ मिनेट ४६ सेकेन्ड) दिनको एउटा चन्द्र वर्ष हुन्छ । एउटै महिनामा वा भित्र २ वटा औंशी परेमा अधिक मास हुन्छ । यो प्रायः वैशाखदेखि भाद्र चन्द्रमासमा पर्छ ।

दुई संक्रान्ति एउटै चन्द्रमास भित्र परेमा क्षय मास हुन्छ । सामान्यतः क्षय मास शिशिरकालीन महिनामा पर्छ । मल मास चन्द्र मास कृष्णपक्षबाट सुरु हुन्छ । तर क्षय मास शुक्ल पक्षबाट सुरु हुन्छ । साथै मल मास गृष्मकालीन महिनामा र क्षय मास शिशिरकालीन महिनामा पर्छ । चन्द्र महिनालाई लिएर वर्ष गणना गर्दा सौर्य महिना भन्दा १० दिन २० घण्टा ५२ मिनेट ४८ सेकेण्डले छोटो हुने भएकोले त्यसलाई सौर्य महिनामा अधिकमासको प्रयोग गरेर समायोजन गरिन्छ ।

अधिक मास परेको समयमा १३ चन्द्र महिनाको वर्ष हुन्छ । अधिक मास परेको बेला थपिएको महिनाको अगाडि अधिक जोडिन्छ र पहिलेको महिनाको अगाडि शुद्ध जोडिन्छ । जस्तै शुद्ध ज्येष्ठ कृष्ण पक्ष र अधिक ज्येष्ठ शुक्ल पक्ष । यो वर्ष वि.स. २०७५ जेष्ठमा अधिकमा अधकिमास परेको छ । साधरणतया एउटा सौर्य महिना भित्र एउटा औंशी र पूर्णिमा पर्छ र त्यो औंशी र पूर्णिमा पर्ने चन्द्र महिनाको नाम पनि त्यही सौर्य महिनाको नामबाट राखिन्छ । जस्तै ज्येष्ठ कृष्ण र शुक्ल प्रतिपदा । तर यदि कुनै एक सौर्य महिनामा दुईवटा औंशी पर्याे भने त्यो महिनामा अधिक चन्द्र महिना हुन्छ । तर कहिलेकाहीँ कुनै सौर्य महिनामा एउटा पनि औंशी परेन भने त्यो महिनाको नाम चन्द्र महिना हुँदैन, त्यसलाई क्षय मास भनिन्छ । क्षय मास पर्दा अर्को अधिक मास पनि पर्ने भएकोले त्यति बेला चन्द्र महिनाको सङ्ख्या १२ नै हुन्छ ।

पृथ्वीले सूर्यको परिक्रमा गर्दा ३६० डिग्री पार गर्न ३६५.२५६३६३ दिन (३६५ दिन, ६ घण्टा, ९ मिनेट, ९.४५ सेकेन्ड) लाग्छ । यसरी पृथ्वीले ३६० डिग्री पार गर्दाको गतिलाई गणना गरी निर्धारण गर्ने वर्षलाई निरायन वर्ष कष्मभचभब िथभबच भनिन्छ । सौर्य वर्ष भाष्कराचार्यको मान अनुसार ३६५ दिन, १५ घडी, ३० पला, २२ विपला, ३० प्रतिविपला पृथ्वीलाई सूर्यको परिक्रमा गर्न लाग्ने समय हो भनिएको छ । पृथ्वीले सूर्यको परिक्रमा गर्दा ३६० डिग्री पार गर्न ३६५.२५६३६३ दिन लाग्छ तर प्राचीन ग्रन्थ सूर्य सिद्धान्तको अनुसार एक वर्षमा ३६५.२५८७५६ दिनको हुन्छ भनिएको छ ।

निरायन वर्ष र सूर्य्सिद्धान्त वर्षको फरक ३ मिनेट २७.०७ सेकेण्डको देखिन्छ । तर इस्वी सम्मतमा पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने गतिको नभई समयको गणना गरी निर्धारण गर्ने भएकोले जसलाई सायन वर्ष तचयउष्अब िथभबच भनिन्छ । यसैको प्रयोग गरी गणना गर्छन् जसमा ३६५.२४२१९ दिन (३६५ दिन, ५ घण्टा, ४८ मिनेट, ४५.१३ सेकेन्ड) लाग्छ । त्यसैले सायन वर्ष ३६० डिग्री नपुग्दै टुङ्गिन्छ । यसकारणले गर्दा प्रत्येक वर्ष निरायन वर्ष भन्दा सायन वर्ष २० मिनेट २४.३२ सेकेण्डको ढिलो हुन्छ । यो फरक ७० वर्ष ३४ दिन ११ घण्टा २३ मिनेट पछि मात्रै १ दिन अथवा २४ घण्टा पूर्ण हुन्छ । र करिब १०५८ वर्ष ३४ दिन ०० घण्टा ४३ मिनेट पछि १५ दिन, अनि २११७ वर्ष ६ दिन १३ घण्टा २५ मिनेट ३० दिन पूर्ण हुन्छ ।

अहिले पुस १७ गते जनवरी १ छ भने २११७ वर्ष ६ दिन १३ घण्टा २५ मिनेट पछि मार्ग १७ गते जनवरी १ पर्छ ।यस हिसाबले विक्रम सम्वत्को सुरुवात देखि अहिलेसम्म विक्रम संवत् र इस्वी संवत्मा २९ दिन २० घण्टा ४८ मिनेट ११ सेकेण्डको फरकको रहेको छ । विक्रम संवत् पात्रो अनुसार ऋतुहरू सर्दै जान्छन् तर इस्वी संवत्को पात्रो अनुसार ऋतुहरू अचल हुन्छ । तर वि.स. पात्रोमा सौर्य महिना ठिक राशिमा जस्तै वैशाख महिना मेष राशिबाट सुरु हुन्छ भने इस्वी संवत् पात्रोमा महिनाहरू राशिबाट सरिई रहन्छन् ।

[email protected]

Tags :
प्रतिक्रिया दिनुहोस