बैशाख १२ गते, २०७६

महिला हक्कीमा गण्डकी प्रदेशको जित

नेपालगन्ज । आठौं राष्ट्रिय महिला हक्की खेलमा गण्डकी प्रदेशले जित हात पारेको छ ।

आइतबार बिहान भएको खेलमा गण्डकी प्रदेशले प्रदेश नं १ लाई ४–० गोलले पराजित गरेको हो ।

गण्डकी प्रदेशले खेलको शुरुवातदेखि नै दबाब दिएको थियो । गण्डकीले खेलको पहिलो क्वाटरमा गोल गर्न सकेको थिएन । दोस्रो क्वाटरको खेल शुरु हुँदा गण्डकी प्रदेशकी मिना परियारले १७ मिनेटमा गोल गरेर आफ्नो टिमको खाता खोलेकी थिइन् ।

गण्डकी प्रदेशका लागि खेलको तेस्रो क्वाटरमा देवकी विकले ४३ मिनेटमा दोस्रो गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारिन् । तेस्रो क्वाटरमै कमला राणाले ४० र ४५ मिनेटमा २ गोल गर्दै टिमलाई सहज जित दिलाइन् ।

निर्धारित समयमा गण्डकी प्रदेशले ६ पेनाल्टी कार्नर पाएको थियो भने प्रदेश नं। १ ले १ पटकमात्र सो अवसर प्राप्त गरेको थियो ।

आजै साँझ ४ बजे प्रदेश ३ र प्रदेश ७ बीच प्रतिस्पर्धा हुनेछ ।

बैशाख १ गते, २०७६ - १३ः४५ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg