सरकारद्वारा ११ जना सह सचिवको सरुवा, सम्पत्ति सुद्धिकरणमा भट्टराईलाई पठाइँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सरकारद्वारा ११ जना सह सचिवको सरुवा, सम्पत्ति सुद्धिकरणमा भट्टराईलाई पठाइँदै


प्रशासन विशेष ब्युरो

३० चैत्र २०७५, शनिबार


सह सचिव

काठमाडौँ । सरकारले ११ जना सह सचिवको सरुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत ११ जना सहसचिवहरूको सरुवा गरेको हो ।

उच्च स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव सुशील ढकाललाई सूचना आयोगमा सरुवा गरिएको छ भने सूचना आयोगकी गीता हुमा गाईलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रूप नारायण भट्टराईलाई प्रधानमन्त्री कार्यालय तथा अन्तर्गत सरुवा गरिएको छ । उनलाई सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएर पठाइँदै छ ।

त्यसै गरी गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको सहसचिव फणिन्द्र पोखरेललाई गृह मन्त्रालय, घोराही उपमहानगर पालिकामा कार्यरत सन्त बहादुर सुनारलाई कर्णाली प्रदेशको अर्थ तथा योजना मन्त्रालय, राष्ट्रिय सूचना आयोगका सहसचिव बालकृष्ण घिमिरेलाई प्रदेश नं. ३ को अर्थ तथा योजना मन्त्रालय, प्रदेश नं. ३ को अर्थ योजना मन्त्रालयका रमेश सिवाकोटीलाई अर्थ मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ ।

त्यस्तै श्रम तथा रोजगार मन्त्रालयका सहसचिव प्रल्हाद प्रसाद सापकोटालाई राष्ट्रिय दलित आयोग, देवीराम भण्डारीलाई २ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयबाट आदिवासी जनजाति आयोग, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय काठमाडौँका विष्णुराज ढकाललाई प्रदेश नम्बर दुईको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र मनोहर प्रसाद खनाललाई गृह मन्त्रालय अन्तर्गतबाट गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा सरुवा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस