अमृत ठानी पिएँ तर जहर पो रहेछ
कसैको यादलाई भुलाउने, तिम्रो रहर पो रहेछ।
अपार त्यो प्रेमिल संसार मलाई प्रिय थियो
तर झुठो माया, भन्ने ठहर पो रहेछ।
काँडा बनी घोच सधैं पीडा सहने बानी पर्यो
तिम्रो दिल त डेरा सर्ने शहर पो रहेछ।
जिन्दगीका अनगिन्ती परिभाषा सिकाइदियौ
बुझें जीवन एउटा मीठो पहर पो रहेछ।
अघि बढें हेर्दै, तिम्रो सुन्दर छायाँ पछ्याएर
तर मायाको जाल बुन्ने लहर पो रहेछ।
सफल बन सधैं, तिमी मेरै खोट देखाउँदै
आखिर जीवन आँखामा बग्ने नहर पो रहेछ।
अमृत ठानी पिएँ, तर जहर पो रहेछ।