प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाविरुद्ध ६ उजुरी, चार वटा समायोजनसँग सम्बन्धित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाविरुद्ध ६ उजुरी, चार वटा समायोजनसँग सम्बन्धित


प्रशासन संवाददाता

२९ चैत्र २०७५, शुक्रबार


काठमाडौँ । प्रस्तावित निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी दर्ता भएका छन् ।

जसमध्ये ४ वटा उजुरी कर्मचारी समायोजनसँग सम्बन्धित रहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव रहँदा न्यायोचित ढङ्गले कर्मचारी समायोजन नगरेको, पार्टीगत हिसाबमा समायोजन गरेकोलगायत उजुरी परेका छन् ।

थपलिया सिफारिस भएकै दिन चैत ११ गते संवैधानिक परिषदद्वारा समावेशी आयोगको सदस्यमा सिफारिस भएकी विष्णुमाया ओझा विरुद्ध भने कुनै पनि उजुरी परेको छैन ।

संवैधानिक परिषद्ले चैत ११ गते प्रमुख आयुक्तमा थपलियाको नाम सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस