गायक टम्पशेरको ‘तिमीलाई एउटा कुरा भन्छु’ सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गायक टम्पशेरको ‘तिमीलाई एउटा कुरा भन्छु’ सार्वजनिक


२७ चैत्र २०७५, बुधबार


काठमाडौं । गायक तथा संगीतकार टम्पशेर राई र गायिका मेलिना राईको आवाजमा रहेको ‘तिमीलाई एउटा कुरा भन्छु’ गीतको भिडियो सार्वजनिक भएको छ ।

संगीतकार टम्पशेर राईको आफ्नै शब्द संगीतमा रहेको यस गीतमा कलाकार एलिशा राई र विकास मगरको अभिनय रहेको छ ।

अमोस तामाङले एरेन्ज गरेका सो गीतमा निकेश खड्काले निर्देशन गरेका छन् ।

लामो समयसम्म रेडियोमा काम गर्दै आएका संगीतकार टम्पशेर राई पछिल्लो समयमा स्टेज कार्यक्रम सञ्चालकको रुपमा निकैनै लोकप्रियता कमाएका छन् ।

राईले दर्जन भन्दा बढी गीतहरु लेखिसकेका छन् भने त्यतिकै गीतमा संगीत र स्वर भरेका छन् ।

संगीतकार टम्पशेर राईले पछिल्लो समयमा आफ्नै शब्द संगीत र स्वरमा धेरै म्युजिक भिडियोहरु बजारमा ल्याइसकेका छन् ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस