डा. हरि पौडेल सचिवमा बढुवा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

डा. हरि पौडेल सचिवमा बढुवा


प्रशासन विशेष ब्युरो

२६ चैत्र २०७५, मंगलबार


सचिव

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. हरि पौडेललाई मन्त्रिपरिषद्को चैत्र २५ गतेको बैठकले सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

सचिवका लागि डा. हरि पौडेल, हरि बस्याल र सुरेश अधिकारीको सिफारिस भएकोमा वरिष्ठताका आधारमा डा. पौडेललाई बढुवा गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

३० वर्ष निजामती सेवामा बिताइ सकेका बाग्लुङ्ग स्थायी घर भएका पौडेल २०५१ सालमा शाखा अधिकृत, २०५८ सालमा उपसचिव हुँदै २०६७ सालमा खुल्ला प्रतिस्पर्धाबाट सहसचिव भएका थिए ।

तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, महिला मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काम गरिसकेका पौडेल कर्मचारी वृत्तमा स्वच्छ छविका कर्मचारीका रूपमा चिनिन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस