प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालय फिर्ता गर्न मेयरको पत्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालय फिर्ता गर्न मेयरको पत्र


प्रशासन विशेष ब्युरो

२५ चैत्र २०७५, सोमबार


मेयर

ताप्लेजुङ । पाँचथरको फिदिम नगरपालिकाका प्रमुख ओनहाङ नेम्वाङले प्रमुख प्रशासकीय अधिकृत घनश्याम उपाध्यायलाई फिर्ता पठाउन पत्राचार गरेका छन् ।

नेम्वाङले सोमबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रमार्फत काज फिर्ता गर्न पत्र पठाएका हुन् ।

पाँच महिनाअघि २०७५ भदौ २० गते फिदिम आएका उपाध्यायलाई काम सन्तोषजनक नभएको काज वा बिदामा बस्दा कानुन अनुसार नगरेको, नगरपालिकाको विकास निर्माण र समृद्धिमा असर परेको लगायत आरोप नेम्वाङले लगाएका छन् ।

उपाध्यायलाई समेत दिइएको बोधार्थमा पत्र प्राप्त हुनासाथ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हाजिर भइजान भनेका नेम्वाङले निर्णयको बोधार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर, जिल्ला समन्वय समिति पाँचथर, जिल्ला प्रशासन कार्यालय, नगरपालिकाका उप(प्रमुख र सबै वडाध्यक्षहरुलाई दिएका छन् ।

हेर्नुहोस् पत्र

Tags :
प्रतिक्रिया दिनुहोस