अपाङ्गतामैत्री कानून बनाइने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अपाङ्गतामैत्री कानून बनाइने


२५ चैत्र २०७५, सोमबार


विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानप्रदत्त अधिकारको रक्षा गर्न प्रदेश सरकारले अपाङ्गमैत्री कानून बनाउने बताएका छन् ।

राष्ट्रिय अपाङ्ग महासङ्घको १९औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले अपाङ्गताको क्षेत्रमा काम गर्न प्रदेश सरकारले १४ वटै जिल्लामा योजना बनाइरहेको छ भने । उनले एउटा सानो समूह संविधान बाहिर रहेर गरेका गतिविधिमा सरकारले प्रतिबन्ध लगाइसकेकाले ती समूह पनि निकट भविष्यमा राष्ट्रिय राजनीतिको मूलधारमा आउने विश्वास व्यक्त गरे ।

आयोजक महाङ्घका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएकाले अहिले पनि धेरै समस्या झेलिरहेकाले सरकार यसतर्फ गम्भीर हुनुपर्छ भने । महासङ्घका महिला उपाध्यक्ष टीका दाहाल र डेनमार्क अपाङ्ग महासङ्घका प्रतिनिधि रेणु लोहनीले अपाङ्गता भएकालाई दया होइन अवसर दिनुपर्छ भने। चैत २६ गतेसम्म चल्ने सो महाधिवेशनमा प्रतिनिधि ७१० र पर्यवेक्षक ६० जना छन् । देशभरमा महासङ्घमा अपाङ्गताको क्षेत्रमा काम गर्ने ३३१ वटा सङ्घ संस्था आवद्ध रहेको राष्ट्रिय अपाङ्ग महाङ्घ नेपालका कर्मचारी ईश्वर रैलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस