अवरुद्ध संचार सेवा छ दिनपछि सुचारु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अवरुद्ध संचार सेवा छ दिनपछि सुचारु


२३ चैत्र २०७५, शनिबार


हम्ला । हुम्लाको अवरुद्ध सञ्चार सेवा छ दिनपछि सञ्चालनमा आएको छ ।

छोवाखोरमा रहेको टावरका लागि निर्माण भएको सोलार प्यानलमा हिउ जमेको कारण पावर आपुिर्त नभएपछि पावर डाउन भई रेडियो लिंकले काम नगर्दा संचार सेवा अवरुद्ध भएको छ दिनपछि सुचारु भएको हो ।

नेपालगंजबाट खटिएको टेलिकम प्राविधिक टोलीले टावर स्थलमा गएर रेडियो लिंकको मर्मत गरेपछि सेवा सुचारु भएको हो ।

टेलिकमको प्राविधिक टोलीले सोलार प्यानल तथा रेडियो लिंकको मर्मत पश्चात अवरुद्ध भएको छैटौ दिनमा टेलिकमका सबै सेवा सुचारु भएको टेलिकम सिमकोटले बताएको छ । सोलार प्यानलका ब्याट्रीको अवस्था पनि जिर्ण भएको कारण अहिलेलाई काम चलाउ किसिमले सेवा सुचारु भएको छ ।

नेपाल टेलिकमको नेटवर्क सुचारु हुँदा जिएसएम, सिडिएमए, ल्याण्ड लाईन र इन्टरनेट सेवा संचालनमा आएका छन् । टावरमा पुग्न तीन घण्टा उकालो पैदल लाग्छ । इन्टरनेट सेवाबाट हुने सबै सरकारी तथा गैससका कामहरु पुरानै लयमा फर्केका छन् भने यसका सबै सेवाग्राहीलाई सहज भएको छ ।

यता सदरमुकाम क्षेत्रमा नीजि क्षेत्र संचार सेवा प्रदायक निकाय एनसेलले केही रुपमा भएपनि काम गरी रहेको थियो भने संचारकर्मीले जिल्ला अस्पतालमा रहेको वल्र्ड लिंकको इन्टरनेट सेवाबाट जिल्ला बाहिर समाचार सम्प्रेषण गर्नु परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस