अवसर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अवसर


२३ चैत्र २०७५, शनिबार


मिलेको थियो मलाई एउटा अवसर रोकियो
एक्छिन हेराहेर भयो नजरमा नजर रोकियो ।

हरेक भेटमा प्रेमको परीक्षा लिँदै आएको थिएँ
यसपटक त मौन बस्यो अनि उत्तर रोकियो।

गन्तव्य पुग्नुछ भनि हिँडेको एक पागल प्रेमी
बिचैमा प्रेमिका भेट्यो उस्को सफर रोकियो।

अरुबेला घरबाहिर निस्किनै नसक्ने थिएँ म,
आज सपनामा मसानघाट पुगेँ डर रोकियो।

मिलेको थियो मलाई एउटा अवसर रोकियो
एक्छिन हेराहेर भयो नजरमा नजर रोकियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस