मेरो देश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मेरो देश


प्रशासन विशेष ब्युरो

२३ चैत्र २०७५, शनिबार


मेरो देश

बिहानी पख घामको ज्योति पूर्वबाट आयो
हिमाल भन्दा केही तल हिउँ पग्लँदै आयो ।
ठन्डा र स्वच्छ पानी बग्दै छ अलि तल तल
हिमालको ठाउँ हेर्दा मन हुन्छ चञ्चल ।।

तराई हेर कति राम्रो सुनै फले जस्तो
पहाड हेर झनै राम्रो मनै छुने जस्तो ।
हिउँ हेर हिमालमा चाँदी टल्के जस्तो
शिर हेर नेपालको सागर छुने जस्तो ।।

धेरै जात भाषा भाषी इन्द्रेणीको माला
नेपाल हाम्रो स्वर्ग जस्तो अनेक नदी नाला ।
नेपाली हौ वीर हामी कहिल्यै झुक्दैनौ
ज्यान दिन्छौ परि आए कहिल्यै लुक्दैनौ ।।

कक्षा –७ (एफ)
सैनिक आवासीय महाविद्यालय
सल्लाघारी भक्तपुर

Tags :
प्रतिक्रिया दिनुहोस