प्रधानमन्त्री ओलीद्वारा महेश थापाको ‘मरिचिका’ विमोचन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ओलीद्वारा महेश थापाको ‘मरिचिका’ विमोचन


प्रशासन संवाददाता

२२ चैत्र २०७५, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको आज विमोचन गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज सो पुस्तक विमोचन गरेका हुन् ।

आफैं अफ्ठ्यारो स्थितीमा भएका थापाले नेपाली साहित्यमा ठुलो योगदान दिएकोमा प्रधानमन्त्री ओलीले प्रशंसा गरेका छन् ।

‘महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ । उनले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र हो ‘ प्रधानमन्त्री ओलीले भने’अरु सशक्त अवस्थामा रहेकाहरुले उनको प्रेरणाबाट पनि देशलाई धेरै योगदान गर्नसक्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले समाजमा राम्रो काम गर्ने मानिसहरुलाई खुट्टा तान्ने प्रवृति भए पनि त्यसबाट विचलित नभइ आफ्नो लक्ष्यमा अडिग रहनु पर्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस