कर्मचारी समायोजन गुनासो दर्ता गराउने र निवेदन फिर्ता लिन दुई दिन मात्रै बाँकी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कर्मचारी समायोजन गुनासो दर्ता गराउने र निवेदन फिर्ता लिन दुई दिन मात्रै बाँकी


१८ चैत्र २०७५, सोमबार


समायोजन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गुनासो व्यवस्थापन समितिले समायोजनमा चित्त नबुझेको विषयमा गुनासो राख्न दुई दिन मात्रै बाँकी रहेको स्मरण गराएको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै अबको दुई दिन भित्रमा कर्मचारी समायोजनको सन्दर्भमा केही गुनासो भए र दर्ता गराएको गुनासो फिर्ता लिन चाहेको खण्डमा पनि स्वयं उपस्थित भई २० गतेसम्म फिर्ता लिई सक्न समय दिएको हो ।

मन्त्रालयले परेका गुनासो उपर उपसचिवको नेतृत्वमा छानबिन समिति बनाई कारबाही प्रक्रिया अगाडि बढाएको मन्त्रालयको सह सचिव तथा कर्मचारी समायोजन गुनासो व्यवस्थापन समितिका संयोजक रूपनारायण भट्टराईले जनाएका छन् ।

हेुर्नुस् प्रेस विज्ञप्ती

प्रतिक्रिया दिनुहोस