प्रिय ! सहकारी,
हामी कहाँ पर्यौं ?
भुईँमा पर्यौ
कि भाडामा पर्यौ ?
यो कुरा पछि गरुँला ।
तर अहिले यो जरुरी छ,
हाम्रा आत्मबल कति मजबुत छन् ?
जसले आफूलाई उ भ्याउनु छ
अनि प्रमाणित गर्नु छ
यी मुटुहरूले अनिश्चितताको त्रास,
अन्याय, क्रोध र आस
कुनै संवेदना महसुस गर्दैन भनेर ।
होइन भने,
यी आत्मबलको धोक्रो रित्ताएर
कसले कुन धोक्रो भराए छ खै ?
प्रिय ! सहकारी
तिमीले भने जस्तै
अक्षरमा के भिन्नता छ र ?
चाहे त्यो चुरोटको ठट्टामा
नै किन नलेखियोस् ।
र ती अक्षरहरुको भाव के थियो ?
यो कुरा पछि गरुँला ।
तर,
अहिले यो जरुरी छ ।
ती अक्षरहरूसँग घुलनशील बन्ने
हाम्रा क्षमताहरू कति लचकदार छन् ?
जसले ती अक्षरहरू छछल्किदा
उठेको छालहरूसँग घोल्नु छ
अनि प्रमाणित गर्नु छ
यी क्षमताहरू
हाल, बहाल र अपगालका
अक्षरहरू बिच विभेद गर्दैन भनेर ।
होइन भने,
यी अक्षरहरू कमजोर बनाई
कसले कुन क्षमता मजबुत बनाए छ खै ?
प्रिय ! सहकारी
अण्डा पहिला कि चल्ला पहिला ?
हो त बाटो पहिला कि गाडी पहिला ?
यो कुरा पछि गरुँला
तर,
अहिले यो जरुरी छ,
हाम्रा सवारीका इन्जिन कति मजबुत छन् ?
जसले इच्छा विहीन गन्तव्यमा
पुगेर भन्न सक्नु छ ।
तपाईँको सेवामा उत्साहित छौ ।
अनि प्रमाणित गर्नु छ
भित्र भित्रै जुरमुराइ रहेको
असन्तुष्टिका विब्लपि ज्वालाहरू
निभाउन सक्षम छन् भनेर ।
होइन भने,
यी मजवुद सवारीलाई कमसल तुल्याई
कसले कुन शक्ति सञ्चय गरेछ खै ।