समसामयिक सामान्य ज्ञान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

समसामयिक सामान्य ज्ञान


१३ चैत्र २०७५, बुधबार


१. आविष्कारका क्षेत्रमा नेपाल विश्वको कतिऔं स्थानमा रहेको छ ?
– १०८ औं

२. विदेशी लगानी आकर्षण गर्ने उदेश्यले ‘नेपाल लगानी’ सम्मेलनको आयोजना कहिले गरिएको छ ?
– वि.स. २०७५ चैत्र १५–१६
३. नागरिक लगानी कोषको स्थापना कहिले भएको हो ?
– वि.सं. २०४७ चैत्र ४ नागरिक लगानी कोष ऐन, २०७४ अनुसार राष्ट्रको आर्थिक विकासका लागि सर्वसाधारा जनतालाई बचत गर्न प्रोत्साहन गरी पूँजी वुद्धिका साथै लगानीका अवसरहरु बढाउन तथा पूँजीबजारको विकासमा गतीशीलता ल्याउने प्रमुख उदेश्य राखी कोषको स्थापना भएको हो ।
प्रमुख उदेश्य :
–स्वदेश तथा विदेसस्थित नेपाली नागरिकलाई कोषकोे कार्यक्रममा आवद्ध गर्ने,
–सामाजिक सुरक्षणसम्बन्धी थप कार्यक्रम गर्ने,
–प्राथमिकता प्राप्त क्षेत्र (जलविद्युत् क्षेत्र, पूर्वाधार विकास, उत्पादनशील क्षेत्र, पर्यटन तथा प्रवर्द्धन, पूँजीबजारका उपकरणहरु) मा लगानी गर्ने ।
–कोषको रकम न्यून जोखिमका क्षेत्रमा लगानी गर्ने ।
–बजार निर्माता तथा शेयरको थोक अरिद बिक्री गर्ने ।
–पूँजीबजाररर सवोका उपकरण औजारहरु प्रभावकारी बनाउने ।

४. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुनुहुन्छ ?
– शैलजा आचार्य

५. नेपालमा ‘स्वास्थ्य सेवा दिवस’ कहिले मनाइन्छ ?
–फागुन १५ ( नेपालमा विगत पाँच वर्षदेखि हरेक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ । )

६. नेपाली सेनाको छाउनीस्थित वीरन्द्र सैनिक अस्पताल सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको हो ?
– वि.सं. २०७३ फागुन १५

७. Women in development-WID अवधारणाले कुन पक्षमाथि जोड दिन्छ ,
–विकास प्रक्रियामा महिला सहभागिता बढाउने प्रयास

८. नेपाल आयल निगमले कहिलेदेखि युरो–४ मापदण्डको इन्धन आयात गर्न सुरु गरेको हो ?
–वि.सं. २०७३ चैत्र १९

९. ‘‘एकै ठाउँ आउनु शुरुवात हो, सँगसँगै रहनु प्रगति हो भने सँगसँगै काम गर्नु सफलता हो ।’’ भन्ने विचारक को हुन् ?
–हेनरी फोर्ड, संस्थापक फोर्ड मोटर कम्पनी

१०. विश्व सिमसार दिवस कहिले मनाइन्छ ?
–फेव्रुअरी २ (यस वर्षको नारा ‘जलवायु परिवर्तन र सिमसार क्षेत्र’ रहेको)

११. विश्वमा फुटबलको आविस्कार कुन देशबाट भएको हो ?
–चीन  विश्वकै नम्बर एक प्रतियोगिताका रुपमा रहेको फुटबलको आविष्कार चीनमा ४७६ वीसी आसपासमा भएको मानिन्छ ।
–फुटबल खेललाई पहिलो पटक सन् १९३७ मा टेलिभिजनमा प्रारण गरिएको थियो ।
–हरेक फुटबल खेलमा पलुटबल खेलाडी औसत ९.६५ किलोमिटर दौडने गर्छन् ।

१२. न्युजिल्याण्डका दुई चर्चमा कैयौँ मानिसको ज्यान जाने गरी भीषण गोलाबारी कहिले भएको थियो ?
– सन् २०१९ मार्च १५

१३. काठमाडौंमा रहेको घण्टा घरको निर्माण कहिले गरिएको हो ?
– वि.सं. १९५१ (वीरशमेरको पालामा)

१४. भारतको कोलकाता बन्दरगाहादेखि विराटनगरसम्म विद्युतीय कार्गो मालबाहक रेल सेवाको शुरुवात कहिलेदेखि भएको हो ?
– वि.सं. २०७५ चैत्र

१५. टीकापुर घटनाका दोषी ठहर गर्दै कैलाली जिल्ला अदालतले सांसद रेशम चौधरीसहित एघार जनालाई जन्म कैदको फैसला कहिले गरेको हो ?
– वि.सं. २०७५ फागुन २२

१६. राष्ट्रिय योजना आयोगले १५ औँ पञ्चवर्षीय योजना अवधिभर कुन दरले आर्थिक वृद्धि गर्ने लक्ष्य निर्धारण गरेको छ ?
– १०.१

१७. माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
– ६० मेगावाट

१८. स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठकद्वारा पार्टीको नयाँ नामाकरण के गरिएको छ ?
– जनमत पार्टी

१९. फोब्सद्वारा सन् २०१९ मार्चमा सार्वजनिक विश्वका धनाढ्यको सूचीमा पहिलो स्थानमा पर्न सफल धनाढ्य को हुनुहुन्छ ?
– जेफ बेजोस (अमेरिका)


गोरखापत्र

Tags :
प्रतिक्रिया दिनुहोस