बेरोजगारी समस्या अन्त्य गरिन्छ : मन्त्री पण्डित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बेरोजगारी समस्या अन्त्य गरिन्छ : मन्त्री पण्डित


११ चैत्र २०७५, सोमबार


सिरहा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले मुलुकमा रहेको गरीबी र बेरोजगारी समस्या अन्त्यका लागि ध्यान केन्द्रित गरेको बताए ।

सिरहाको गोलबजार नगरपालिकाको आयोजनामा शुरु भएको दोस्रो नगरस्तरीय फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले जनताको मुख्य दुश्मन गरीबी भएकोले सरकार गरीबी र बेरोजगारी समस्या अन्त्य गर्नेतर्फ केन्द्रित भएको बताए ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारको विभिन्न योजना गाउँगाउँमा पुग्न थालेकाको उल्लेख गर्दै मन्त्री पण्डितले अबको चार वर्षमा विकास निर्माणले एउटा गति लिने विश्वास व्यक्त गरे ।

उद्घाटन खेलमा वीरगञ्ज युनाइटेड क्लब पर्साले डाँगी हाट फुटबल क्लब बेलवारीलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

प्रतियोगिताको विजेताले नगद दुई लाख २२ हजार नगद र उपविजेताले नगद एक लाख ११ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

मन्त्री पण्डितले गोलबजार नगरपालिका–३ लालपुरमा एकीकृत नमूना दलित बस्तीको उद्घाटनसमेत गरेका थिए । सङ्घीय सरकारको समृद्धि कार्यक्रमअन्तर्गतको एक करोड १० लाखको लागतमा उक्त वस्ती निर्माण हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस