कर्मचारी थुन्ने सेयर लगानीकर्तामाथि प्रहरीको बल प्रयोग, खोल्यो ताला « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्मचारी थुन्ने सेयर लगानीकर्तामाथि प्रहरीको बल प्रयोग, खोल्यो ताला


१० चैत्र २०७५, आइतबार


काठमाडौं । नेपाल धितोपत्र बोर्डको कार्यालयमा कर्मचारी समेत थुनि ताला लगाएर बसेका सेयर लगानीकर्तामाथि प्रहरीले बल प्रयोग गरेर ताला खुलाएको छ ।

सेयर बजार विकास र विस्तारको माग राख्दै बोर्डको मुख्य ढोकामा तालाबन्दी गरेर धर्नामा बसेका सेयर लगानीकर्ता दबाब समूहको टोलीलाई प्रहरीले लाठी चार्ज गरेर तितरबितर पारेको छ ।

प्रहरीले लगानीकर्तालाई लखेटेपछि कार्यालयमा लगाएको तालासमेत खुलाएको छ ।

लगानीकर्ताले बिहान कार्यालय खुल्नुअघि कार्यालयमा ताला लगाएर धर्नामा बसेका थिए । लगानीकर्ताले ताला लगाएपछि बोर्डका एक जना कर्मचारी भित्र थुनिएका थिए भने बाँकी ३० भन्दा बढी कर्मचारी बाहिर रोकिएका थिए ।

लगानीकर्ताको आन्दोलनले बोर्डको काम कारबाही प्रभावित भए पछि प्रहरीको मद्दत लिएको बोर्डले बताएको छ ।

प्रतिक्रिया दिनुहोस