पूर्वाञ्चल विश्वविद्यालयमा कांग्रेसको आन्दोलन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पूर्वाञ्चल विश्वविद्यालयमा कांग्रेसको आन्दोलन


१० चैत्र २०७५, आइतबार


विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयमा सरकारले हस्तक्षेप गरेको भन्दै कांग्रेसले आन्दोलन गरेको छ । प्राज्ञिक क्षेत्र तथा सेवा आयोगको काममा हस्तक्षेप भएको ठहर गर्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराउन आन्दोलन गरेको हो ।

आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । सरकारलेहस्तक्षेप नरोके चरणबद्ध आन्दोलनमा जाने तयारी रहेको मोरङ कांग्रेसले जनाएको छ ।

ज्ञापनपत्रमा विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रता र स्वायत्तताको आधारभूत अधिकार बमोजिम पूर्वाञ्चल विश्वविद्यालयले आफ्नो शैक्षिक एवम् प्राज्ञिक गतिविधि अगाडि बढाउँदै लगेको अवस्थामा विभिन्न तहमा पूर्वाञ्चल विश्व विद्यालय ऐन–नियमभित्र रही नियुक्ति प्रक्रिया भइरहेको र सेवा आयोगले आफ्नो नियमित काम गरेको अवसथमा प्रधानमन्त्रीको तोक आदेशमा हुँदै गरेका परीक्षा स्थगन गर्ने परिपाटी बसेको कांग्रेसको आरोप छ ।

‘‘कुलपतिको तोकआदेशमा हुँदै गरेका परीक्षाहरु स्थगन गर्ने परिपत्रबाट विश्वविद्यालयको गरिमा तथा स्वतन्त्रता माथि ठाडो हस्तक्षेप भएको देखिन्छ,’’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस