माइक्रोको ठक्करबाट १३ वर्षीय बालकको घटनास्थलमै मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माइक्रोको ठक्करबाट १३ वर्षीय बालकको घटनास्थलमै मृत्यु


१० चैत्र २०७५, आइतबार


मोरङ । सुन्दरहरैँचा नगरपलिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा माइक्रोबसको ठक्करले एक बालकको मृत्यु भएको छ ।

पूर्व बाट पश्चिमतर्फ जाँदै गरेको बा५ख३५४ नंको हाइसले ठक्कर दिँदा १३ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको हो ।

हाइस अनियन्त्रित भइ रुखमा ठोकिँदा पैदलयात्री सुनसरी, धरान उपमहानगरपालिका बस्ने १३ वर्षीय सबिन मक्रान्तीलाई ठक्कर दिएको थियो ।

माइक्रोबसका सहचालक मोरङ,उर्लाबारी नगरपालिका बस्ने २२ वर्षीय सचिन परियार गम्भीर घाइते भएका छन् उनलाई उपचारका लागि विराटनगर नर्सिङहोम लगिएको छ ।

चालक पथरी शनिस्वरे नगरपालिका–९ बस्ने २९ वर्षी रमेश बस्नेत सामान्य घाइते भएका छन् । उनको बेलबारीस्थित नोबेल सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस