टी–२० सिरिजमा दक्षिण अफ्रिकाको जित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

टी–२० सिरिजमा दक्षिण अफ्रिकाको जित


९ चैत्र २०७५, शनिबार


काठमाडौं । टी–२० सिरिजको विजेता राष्ट्र दक्षिण अफ्रिका बनेको छ । घरेलु टोली दक्षिण अफ्रिकाले श्रीलंकालाई १६ रनले परजित गर्दै विजेता बन्न सफल भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ८० रन बनाएको थियो । अफ्रिकाका लागि रिजा हेन्ड्रिक्सले ६५ रन बनाए । रस्सी भानडर डुसेनले ६४ र कप्तान जेपी ड्युमिनीले ३३ रन बटुले । बलिङमा श्रीलंकाका कप्तान लाथिस मलिङ्गा, इसुरु उडाना र अलिका धनन्जयले एक एक विकेट लिए ।

एक सय ८१ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ६४ रनमा समेटिएको थियो । श्रीलंकाका इसुरु उडानाले ८४ रन जोडेपनि अन्य ब्याट्सम्यान त्यति चल्न सकेनन् । थिसेरा परेराले २२, निरोसन डिक्वेलाले २०, एन्जिलो परेराले ११ र धनन्जय डी शिल्भाले १० रन बनाएका थिए । अन्यले दोहोरो रन बनाउन सकेनन् ।

बलिङमा अफ्रिकाका क्रिस मोरिसले तीन विकेट लिए । डेल स्टेन र तबरेज साम्सीले दुई दुई विकेट झारेका थिए । यसअघि पहिलो खेलमा दक्षिण अफ्रिका सुपर ओभरमा विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस