पूर्व प्रधानमन्त्री खनालद्वारा लिखित ‘परिवर्तनका स्वरहरु’ लोकार्पण हुँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पूर्व प्रधानमन्त्री खनालद्वारा लिखित ‘परिवर्तनका स्वरहरु’ लोकार्पण हुँदै


९ चैत्र २०७५, शनिबार


काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालद्वारा लिखित ‘परिवर्तनका स्वरहरु’ भाग दुई लोकार्पण हुने भएको छ ।

नेता तथा गीतकार खनालको गीति संग्रह ‘परिवर्तनका स्वरहरु भाग २ आज विशेष कार्यक्रमका साथ लोकार्पण गरिने भएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको हलमा विविध सांस्कृतिक कार्यक्रमकासाथ दिउँसो २ बजे लोकार्पण गरिने जनसांस्कृतिक महासंघ नेपालले जनाएको छ ।

यस अघि उनको परिवर्तनका स्वरहरु भाग–१ बजारमा आइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस