स्थानीयवासीलाई एम्बुलेन्स सहयोग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्थानीयवासीलाई एम्बुलेन्स सहयोग


९ चैत्र २०७५, शनिबार


मङ्गलबारे । इलामको देउमाई नगरपालिकाको चमैतामा स्थानीयवासीलाई एम्बुलेन्स प्रदान गरिएको छ ।

‘चमैता सरोकार समाज’को संयोजनमा देश तथा विदेशमा रहेका चमैतावासीले आर्थिक सहयोग सङ्कलन गरी उक्त एम्बुलेन्स खरीद गरिएको हो ।

समाजको अगुवाइमा एक वर्षदेखि फेसबुक, ट्विटर, फोनमार्फत देश तथा विदेशमा रहेका चमैतावासीबाट १४ लाख ५० हजार सङ्कलन गरी एम्बुलेन्स खरीद गरिएको समाजका सचिव कमल श्रेष्ठले जानकारी दिए । १० लाखमा एम्बुलेन्स खरीद गरिएको हो ।

“बाँकी रकमले समाजको भवन निर्माण गर्ने योजना छ”, उाले भने । सो एम्बुलेन्स सेवाको नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोखरेलले उद्घाटन गरे । रासस

प्रतिक्रिया दिनुहोस