विप्लव समूहका मध्य क्षेत्रीय कमाण्डर ओलीसहित ८ जना पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

विप्लव समूहका मध्य क्षेत्रीय कमाण्डर ओलीसहित ८ जना पक्राउ


प्रशासन विशेष ब्युरो

९ चैत्र २०७५, शनिबार


pakrau

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव समूहका मध्य क्षेत्रीय कमाण्ड हेमन्तप्रकाश ओली पक्राउ परेका छन् ।

शुक्रबार राति प्रहरीले काभ्रेको खानीखोला गाँउपालिका– ३ क्षेत्रबाट ओलीसहित अन्य ८ जनालाई नियन्त्रणमा लिएको हो ।

अधिकारीका अनुशार अनुसार ओलीसहित चन्द समूहका ललितपुर इन्चार्ज शंकर अधिकारी, एक गाडीचालक, धर्मराज राजवाहक, रामकृष्ण खतिवडा, ललित तामाङ, विजय श्रेष्ठ, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेका हुन्।

गत मंगलबार काभ्रेको काफलडाँडामाप्रहरी र चन्द समूहबीच गोली हानाहान भएपछि प्रहरी उनीहरुको खोजीमा जुटेको थियो । उनीहरु भाग्नका लागि गाडी चढ्दै गर्दाको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरी अधिकारीको भनाई छ ।

गत महिना ललितपुरको नख्खुस्थित एनसेल गेटमा भएको विष्फोटमाओलीलाई मुख्य योजना मानिएको छ। ओली नेकपाका तेस्रो वरियताका नेता मानिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस