मेरो देश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मेरो देश


९ चैत्र २०७५, शनिबार


ट्राफिक लाइट व्यवस्थापन नगर्ने मेरो देश
मेट्रो र मोनोरेललाई १२ महिना पनि कुर्नु पर्दैन भन्छ !!

जग्गाको विवाद सुल्झ्याउन नसक्ने मेरो देश
लेनको सडक विस्तार गर्न प्रतिबद्ध छ, भन्छ !!

इन्जिनियरको बाटो सर्वेक्षण पास नहुने मेरो देश
दुर्घटना कम गर्ने नीति ल्याउँदै छु भन्छ !!

एउटा स्टेडियम बनाउन नसक्ने मेरो देश
विश्वकप जित्नेलाई करोडको इनाम बाजी छ, भन्छ !!

सिटामोलका लागि द्धरछ घण्टा पैदल हिँड्नुपर्ने मेरो देश
सबै जनताको स्वास्थ्यको जिम्मेवारी लिन्छु भन्छ !!

चुहिने छाना मुनि भविष्य खोज्ने मेरो देश
सरकारी विद्यालयकलाई १ नम्बरमा ल्याउँछु भन्छ !!

बेरोजगारलाई तलब दिन्छु भन्ने मेरो देश
विना सीप सिकाई समृद्धि ल्याउँछु भन्छ !!

पशुपतिमा सिङ्गो मोहर नचढाउने मेरो देश
त्यहाँको पारदर्शिताको हिसाब किताब चाहिन्छ भन्छ !!

Tags :
प्रतिक्रिया दिनुहोस