लगानी सम्मेलनमा जुट्न प्रधानमन्त्रीको निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लगानी सम्मेलनमा जुट्न प्रधानमन्त्रीको निर्देशन


प्रशासन संवाददाता

८ चैत्र २०७५, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी जुट्न सरोकारवालालाई आग्रह गरेका छन् ।

आज बसेको उद्योग वाणिज्य प्रवद्र्धन परिषदको दोस्रो बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले विदेशबाट आउने अतिथीहरुलाई व्यवस्थित बास,सुरक्षा र अन्य प्रवन्ध मिलाउन निर्देशन दिएका छन् । परिषदका तर्फबाट सुरज बैद्यले सम्मेलनको तयारीको बारेमा बैठकलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले केही तत्वहरुले देशमा अस्थिरता मच्चाउन प्रयास गरेको भए पनि सरकारले त्यसलाई नियन्त्रण गर्ने बताएका छन् । ‘गणतन्त्र आएको छ ,संघीयता आएको छ,आवधिक चुनाव भएको छ ‘ प्रधानमन्त्री ओलीले भने’अब के चाहिएको हो ? चन्दा संकलन र लुटपाट गर्न छोडिदिनु पर्ने ? त्यस्तो हुदैन ।

सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न कानुन अनुसार अघि बढ्छ ।’

 

Tags :
प्रतिक्रिया दिनुहोस