सङ्क्रमणकालीन द्वन्द्वपीडितलाई न्याय दिनुपर्छ : नेता केसी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सङ्क्रमणकालीन द्वन्द्वपीडितलाई न्याय दिनुपर्छ : नेता केसी


प्रशासन संवाददाता

८ चैत्र २०७५, शुक्रबार


काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सङ्क्रमणकालीन द्वन्द्व पीडितलाई राज्यले न्याय दिनुपर्ने बताएका छन् ।

नेपाल माओवादी पीडित संघले आज आयोजना गरेको बृहत् शान्ति सम्झौता सङ्क्रमणकालीन न्याय र वर्तमान राष्ट्रको अवस्था विषयको अन्तक्रियामा उनले राज्यबाट पीडा दिने र सङ्क्रमणकालीन द्वन्द्वबाट पीडा हुने दुवै पक्षलाई राज्यले छिटो न्याय दिलाउनुपर्ने बताए ।

नेता केसीले बृहत् शान्ति सम्झौताको भावनानुरुप न्यायालयले पीडितको चित्त बुझाएर राज्यले भरणपोषण गर्नुपर्ने प्रष्टाए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्याय प्रदान गर्ने इच्छा राज्यमा हुनुपर्ने बताए ।

उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने कार्य राज्य पक्षबाटै हुनुपर्नेमा जोड दिए । काङ्ग्रेस नेता रामहरि खतिवडाले बृहत् शान्ति सम्झौता भएको लामो समय हुँदा पनि अझै सङ्क्रमणकालीन द्वन्द्व पीडितले न्याय पाउन नसेको बताए।

वरिष्ठ अधिवक्ता तथा पूर्वसंसाद एकराज भण्डारीले राज्यले जनताको पीडा सुन्ने काम नगरेको जिकिर गरे । उनले न्यायालयले जनतालाई न्याय दिने काम गर्नुपर्नेमा जोड दिए।

Tags :
प्रतिक्रिया दिनुहोस