रक्षा सचिव पाण्डेद्वारा सैनिक मुख्यालय निरीक्षण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रक्षा सचिव पाण्डेद्वारा सैनिक मुख्यालय निरीक्षण


प्रशासन विशेष ब्युरो

८ चैत्र २०७५, शुक्रबार


सैनिक मुख्यालय

काठमाडौँ । नवनियुक्त रक्षा सचिव रेश्मीराज पाण्डेले जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका छन् ।

पाण्डेलाई नेपाली सेनाका बलाधिकृत रथी हेमन्त राज कुँवरले बिहीबार जङ्गी अड्डामा स्वागत गरेका छन् ।

सेनाले वर्तमान वस्तुस्थिति, नेपाली सेनाको सङ्गठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य लगायत नेपाली सेना सम्बन्धी अन्य विविध विषयमा रक्षा सचिव पाण्डे समक्ष प्रस्तुत गरेको छ ।

सम्बन्धित विभागका रथीबृन्द तथा अधिकृतहरूबाट प्रस्तुतीकरणपछि सचिव पाण्डेले प्रधानसेनापति पूर्णचन्द्र थापासँग समेत भेटवार्ता गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस