कोरियन भाषा परीक्षा आवेदन खुला,अनलाईनबाटै फारम भर्न सकिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरियन भाषा परीक्षा आवेदन खुला,अनलाईनबाटै फारम भर्न सकिने


प्रशासन विशेष ब्युरो

८ चैत्र २०७५, शुक्रबार


कोरियन भाषा

काठमाडौँ । सरकारीस्तरबाट दक्षिण कोरिया जान लिइने भाषा परीक्षाका लागि आवेदन आजदेखि खुलेको छ।

वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षा आगामी जुन ८ र ९ अर्थात् जेठ २५ र २६ लाई तोकेको छ।

परीक्षामा सामेल हुन आज चैत ८ देखि १७ सम्म फारम भर्न सकिने रदेशैभरबाट अनलाइनबाट फारम भर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

परीक्षार्थीको सुविधाका लागि ग्लोबल आईएमई बैंकको कमलादी बाहेकका शाखाका साथै आईएमई-पे र ई-सेवाबाट पनि शुल्क बुझाउन मिल्ने व्यवस्था मिलाइएको छ ।

१८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन् भने कोरियन भाषा परीक्षाका लागि २४ डलर बराबरको शुल्क बुझाउनुपर्छ । अनलाइन फारम भर्नका लागि eoers.epsnepal.gpv.np मा जानुपर्छ ।

सन् २०१९ का लागि कोरियाले ७ हजार ५० जना निर्माण क्षेत्रमा र तीन हजार जना कृषितर्फ गरी १० हजार ५० जना कामदार माग गरेको गरेको छ ।

सन् २००७ जुलाई २३ मा नेपाल र कोरियाबीच सरकारी स्तरमा कामदार लैजाने सम्झौता भएको थियो ।

हाल कोरियामा ४० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेको जनाइएको ।

सन् २०१८ मा भाषा परीक्षाका लागि सहभागी भएका ८२ हजार २ सय ६४ जनामध्ये ७ हजार ९ सय ९६ जना उत्तीर्ण भएका थिए । जसमध्ये कृषिमा २ हजार ९ सय ६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस