सैनिक परिचालनबारे सेनाको ध्यानाकर्षण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सैनिक परिचालनबारे सेनाको ध्यानाकर्षण


प्रशासन विशेष ब्युरो

७ चैत्र २०७५, बिहिबार


नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले केही दिनदेखि आइरहेका टीकाटिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

कालिकोट लगायत कतिपय जिल्लामा विप्लव माओवादीविरुद्ध नेपाली सेना परिचालन भएको भन्ने समाचारहरू कतिपय मिडियामा आउन थालेपछि एक विज्ञप्ति नै जारी गर्दै त्यसको खण्डन गरेको हो ।

नेपाली सेना अहिले पूर्व निर्धारित तालिम, सैन्य अभ्यास र स्वास्थ्य शिविरमा केन्द्रित रहेको स्पष्ट पार्दै भनिएको छ,‘वर्तमान अवस्थामा नेपाली सेना आफ्नो पूर्व निर्धारित तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविरलगायतका नियमित कार्यहरूमा केन्द्रित भएको हुँदा यस्ता समाचारहरूबाट भ्रममा नपर्न नेपाली सेना आग्रह गर्दछ ।’

‘नेपाली सेना नेपालको संविधान, सैनिक ऐन र नेपाल सरकारको नीति तथा निर्देशन अनुसार सञ्चालन हुने संस्था भएकोले नेपाली सेना आफ्नो जिम्मेवारी प्रति सजग छ । सोही आधारभूत मान्यतामा नेपाली सेना सदैव अडिग रहेको समेत स्मरण गराउँदछौँ’ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस