जिम्बाबेमा बाढी र तुफानका कारण २ लाख प्रभावित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जिम्बाबेमा बाढी र तुफानका कारण २ लाख प्रभावित


प्रशासन संवाददाता

७ चैत्र २०७५, बिहिबार


जेनेभा ।  जिम्बाबेमा आएको पछिल्लो बाढी र तुफानका कारण २ लाख भन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।

संयुक्त राष्ट्रसंघीय निकायले बिहीबार दिएको जानकारी अनुसार प्रभावित भएकामध्ये अधिकांश मोजाम्बिक सीमा क्षेत्रका रहेका छन् ।

प्रारम्भिक विवरणमा प्रभावितहरुको संख्या एक लाख ५० हजार भएपछि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले प्राप्त गरेको विवरणमा प्रभावित हुनेहरुको संख्या बढेको देखिएको हो ।

डब्लुएफपीका प्रवक्ता हेर्भे भेर्हुसेलले दिएको जानकारी अनुसार जेनेभामा प्रप्त विवरणमा रातारात प्रभावितहरुको संख्या बढेको उल्लेख छ ।

मोजाम्बिकको सीमा क्षेत्रमा पर्ने चिमानीमानीमा बाढी र तुफानले ‘धेरै खराब’ अवस्था सृजना गरेको उनले बताए । ‘जिल्लाको झण्डै ९० प्रतिशत प्रष्ट क्षति भएको छ, उनले भने ।’

जिम्बाबेको राज्यद्वारा सञ्चातिल प्रसारण संस्था जेडबीसीले मृत्यु हुनेहरुको संख्या सयबाट बढेर १३९ पुगेको छ ।

राष्ट्रसंघले बाढीबाट प्रभावित भएकाहरु मध्ये ४० हजार जना विस्थापित भएको पनि जनाएको छ ।

सरकारी अधिकारीहरुले भने प्रभावितहरुको संख्या ६ लाख पुगेको दावी गरेको पनि प्रवक्ता भेर्हुसेलले बताए ।

उनले भने, ‘तर प्रभावितहरुको संख्या हामीले भने भन्दा अवश्यपनि बढिरहेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस