सेञ्चुरी बैंकको लाभांश : शेयर भन्दा नगद बढी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सेञ्चुरी बैंकको लाभांश : शेयर भन्दा नगद बढी


प्रशासन संवाददाता

७ चैत्र २०७५, बिहिबार


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना शेयरधनीलाई ६.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकको कूल चुक्ता पूँजीको रु ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३२९ को २ प्रतिशतले हुन आउने रु १६ करोड ५० लाख ९ हजार २४७ बराबरको शेयर लाभांश दिने प्रस्ताव गरेको हो ।

यस्तै बैंकले चुक्ता पूँजीको ४.५ प्रतिशतले हुन आउने रु ३७ करोड १२ लाख ७० हजार ८०५ नगद लाभांश दिने निर्णय गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमका अनुसार नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि उक्त लाभांश वितरण गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस