‘‘सञ्चारमाध्यम सकारात्मक नभए समृद्ध समाज सम्भव छैन’’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘‘सञ्चारमाध्यम सकारात्मक नभए समृद्ध समाज सम्भव छैन’’


७ चैत्र २०७५, बिहिबार


मार्तडी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सञ्चारमाध्यम सकारात्मक नभए समाज र देश समृद्ध बनाउन सम्भव नहुने बताए ।

बुढीनन्दा नगरपालिकाको कोल्टीमा उत्तरी भेगको पहिलो सुनन्दा दैनिक पत्रिकाको विमोचन कार्यक्रममा मा मन्त्री शाहले, ‘पत्रकारले विकट क्षेत्रका समस्या र सम्भावनाको खोजी गर्न लाग्नुपर्छ ।’ दुर्गम तथा विकट क्षेत्रमा दैनिक पत्रिकाले गाउँसमाजका समस्यालाई उजागर गर्दै देशलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास मन्त्री शाहले गरे।

राष्ट्रियसभाका सदस्य बद्रीप्रसाद पाण्डेले संस्कृति र संस्कारको पहिचान र संरक्षण गर्न सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने बताए । पाण्डेले सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन गर्न जरुरी रहेको बताए ।

यस्तै सुदूरपश्चिम प्रदेशसभा सदस्य बलदेव रेग्मीले उत्तरी भेकका चार स्थानीय तहमा थुप्रै सम्भावना र समस्या भएकाले सत्यतथ्य समाचार सञ्चारमाध्यममा आउनुपर्नेमा जोड दिए। विकट क्षेत्र रहेको उत्तरी भेकमा पहिलोपटक पत्रिका सञ्चालनमा ल्याएको पत्रिकाका प्रकाशक देविका शाहले बताए । उनले उक्त क्षेत्रका सम्भावना र समस्यालाई उजागर गर्न पत्रिका सञ्चालनमा ल्याइएको शाहको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस