मेयर कप नकआउट फुटबल प्रतियोगिता हुँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मेयर कप नकआउट फुटबल प्रतियोगिता हुँदै


प्रशासन संवाददाता

६ चैत्र २०७५, बुधबार


खस्यौली । रुपन्देहीको सैनामैना नगरपालिका–७ देउवापारमा दोस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

आज स्थानीय जनप्रिय स्पोर्टस् क्लबले आयोजना गरेको पत्रकार भेटघाटमा प्रतियोगितमा प्रथम हुनेलाई रु १ लाख ५१ हजार राशि प्रदान गरिने क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिए । उनले द्धितीय स्थान हासिल गर्नेलाई रु ८८ हजार ८८८, सेमी फाइनलमा पराजित टिमलाई रु २० हजार, सर्वाधिक गोलकर्तालाई रु ५ हजार ५०० प्रदान गरिने बताए ।

यही चैत ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने सो प्रतियोगितमा रु ९ लाख ११ हजार ६६५ खर्च हुने अनुमान छ । सोमध्ये सैनामैना नगरपालिकाले रु ४ लाख प्रदान गरेको छ ।

प्रतियोगितमा उत्कृष्ट अग्रपङ्क्तिका खेलाडीलाई, उत्कृष्ट रक्षापङ्क्तिका खेलाडीलाई, उत्कृष्ट मध्यपङ्क्तिका खेलाडीलाई, उत्कृष्ट गोलरक्षकलाई र उत्कृष्ट प्रशिक्षकलाई जनही रु ५ हजार ५०० प्रदान गरिने छ । प्रतियोगितमा स्थानीय केही क्लब, नवलपरासी, चितवन, काठमाडौँका समूहसहित १६ समूहले भाग लिने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस