ब्लड क्यान्सर पिडित मीना भन्छिन् : अस्पताल लैजाउ, म बाँच्न चाहन्छु’ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ब्लड क्यान्सर पिडित मीना भन्छिन् : अस्पताल लैजाउ, म बाँच्न चाहन्छु’


प्रशासन संवाददाता

५ चैत्र २०७५, मंगलबार


घोडाघोडी । कैलालीको बर्दगोरीया गाउँपालिका–२ कुम्भीया गाउँकी मीना बमलाई ‘ब्लड क्यान्सर’ भएको दुई वर्ष भयो । एक वर्षदेखि लगातार उपचार गरे पनि उनी स्वास्थ्यमा सुधार नभएपछि घरमै थला परेकी छन् । बमको आर्थिक अवस्था कमजोर छ ।

‘मलाई अस्पताल लैजाउ, म बाँच्न चाहन्छु’, उनी पीडा सुनाइ रहन्छिन् । चिकित्सकका अनुसार बमको उपचार गर्न करीब रु १० लाख लाग्छ । आफूसँग त्यति धेरै रकम नभएकाले उपचार नगरी घरमै राख्नुपरेको बमकी आमा शारदाले पीडा सुनाइन् ।

‘छोरीको उपचार गर्दागर्दै आफूसँग भएको सबै सम्पत्ति सकियो । खेतबारी पनि बेचे । अब यही सानो घर छ । यो पनि बेचेर कहाँ गएर बस्ने’, उन भनिन्।

बम काठमाडौँ, चितवन र भारतको लखनउसम्म उपचारका लागि धाइन् । ‘छोरीलाई बचाउन चाहन्छु तर उपचार खर्चको जोहो गर्न गाह्रो भयो’, उनले भनिन् । बमका मामा टेकबहादुर शाह श्रीमान्ले वास्ता नगर्दा उपचार गर्न बाधा पुगेको बताउछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस