रेल दुर्घटनामा तीसको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रेल दुर्घटनामा तीसको मृत्यु


५ चैत्र २०७५, मंगलबार


प्रजातान्त्रिक गणतन्त्र कङ्गो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको केसाइमा भएको मालबाहक रेल दुर्घटनामा परी कम्तिमा ३० जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् ।

केसाइको प्रहरी स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार आइतबार मालबाहक रेल लिकबाहिर गएपछि भएको दुर्घटनामा यात्रा गरिरहेका ३० यात्रुको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । घाइते सबै जनाको नजिकै रहेका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्यभागमा रहेको रेलको लिक जीर्ण अवस्थामा रहेको र हरेक बर्ष ठूलो सङ्ख्यामा धेरै नागरिकले ज्यान गुमाउने गरेका छन् । कमजोर रेल मार्ग,अत्यधिक यात्रु तथा सामानको भार र चालकको लापर्बाही कङ्गोमा हुने रेल दुर्घटनाका लागि जिम्मेवार मानिने गरेका छन् । रासस÷सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस