भाजपाका वरिष्ट नेता मनोहर पर्रिकरको निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भाजपाका वरिष्ट नेता मनोहर पर्रिकरको निधन


४ चैत्र २०७५, सोमबार


नयाँदिल्ली । भारतको गोवा राज्यका मुख्यमंत्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरको आइतबार ६३ वर्षको उमेरमा निधन भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविंदले ट्ववीट गरी मनोहरको निधन भएको जानकारी दिएका हुन्।

उनी लामो समयदेखि पेटको क्यान्सरबाट पीडित थिए ।

पर्रिकरको निधनप्रति भारतीय प्रधानमन्त्री लगायत विभिन्न दलका नेताले शोक व्यक्त गरेका छन् । भाजपाका नेता मनोहर केही समय भारतको रक्षामन्त्री पनि बनेका थिए। तर गोवामा भाजपा संकटमा परेलगत्तै रक्षामन्त्रीबाट राजीनामा दिएर गोवाको मुख्यमन्त्री बनेका थिए।

उनी गोवामा लामो समयदेखि मुख्यमन्त्री पदमा रहेका छन् । उनलाई स्वच्छ छवि भएका नेताका रूपमा लिइन्छ। रासस एएनआई

Tags :
प्रतिक्रिया दिनुहोस