६ अङ्कले बढ्यो शेयर बजार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

६ अङ्कले बढ्यो शेयर बजार


३ चैत्र २०७५, आइतबार


काठमाडौं । शेयर बजारमा आज छ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ५.९९ विन्दुले बढेर एक हजार १६१.४५ विन्दुमा पुगेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.०८ विन्दुले बढेर २४७.१७ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको १४ लाख ७७ हजार ८९२ कित्ता शेयर रु ३७ करोड १२ लाख ३६ हजार २५२ मा कारोवार भएको छ ।

कारोवार भएका कूल दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर कारोवार घटेको छ भने सात उपसमूहको शेयर भने बढेको छ । होटल २०.३६, विकास बैंक ४.६५ र अन्य उपसमूह ०.७१ विन्दुले घटेको छ । यस्तै बैंकिङ ७.६१, जलविद्युत् ९.१, वित्त ६.९२, निर्जीवन बीमा २।४४, उत्पादन ३५.४१, लघुवित्त १, जीवन बीमा ४५.८५ विन्दुले बढेको छ ।

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको रु चार करोड ४६ लाख एक हजार ४४० कारोवार भई शीर्ष स्थानमा पुगेको छ भने नेपाल इन्भेस्टमेन्ट बैंकको रु २ करोड ९३ लाख ३१ हजार ५१७, एनआइसी एशिया बैंकको रु १ करोड ५४ लाख ४९ हजार ६९२, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको रु १ करोड ४५ लाख छ हजार ९४३ बराबरको कारोवार भएको छ ।

स्टकका अनुसार आशा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८४, युनाइटेट फाइनान्स ९.५५, श्रीराम सुगर मिल ८.५९, राधी विद्युत् कम्पनी ७.८३, जानकी फाइनान्स ६।८३, सिन्धु विकास बैंकका शेयरधनीले ६।४५ प्रतिशतले कमाएका छन् ।

यस्तै तिनाऊ डेभलपमेन्ट बैंकका शेयरधनीले ६.७४, घलेम्दी हाइड्रो पावर ४.९०, ङादी समूह ४.६१, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले ४.३६ प्रतिशतले गुमाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस