सिके राउतको गोप्य बैठकमा प्रहरी र पत्रकारलाई निषेध « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सिके राउतको गोप्य बैठकमा प्रहरी र पत्रकारलाई निषेध


३ चैत्र २०७५, आइतबार


लहान । सिके राउत नेतृत्वको गोप्य बैठकमा प्रहरी र पत्रकारलाई निषेध गरिएको छ । सरकारसँग भएको ११ बुँदे सहमतिमाथि छलफलका लागि राखिएको बैठकमा प्रहरी र पत्रकारलाई निषेध गरिएको हो ।

बैठक सिराहाको लहानमा शुरु हुने भएको छ । लहानको मारवाडि सेवा सदनको सभाकक्षमा बैठक हुने छ । आगामी रणनीतिको विषयमा छलफल गर्न परिषद् बैठक बोलाइएको राउतले बताएका छन् । बैठकमा तराई मधेस अन्तर्गत हरेक जिल्लाका गरी करिब ९० जना सहभागी हुने जनाइएको छ ।

बैठकमा उपस्थित हुनेलाई खान बस्न व्यवस्था गरिएको छ । सहभागी हुन आउने सबैलाई अनिवार्य रुपमा नागरिकता ल्याउनु पर्ने भनिएको छ । आधिकारीक पचियपत्र भए मात्र सदनमा प्रवेश गर्न पाइने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस