प्रधानमन्त्री ओली आज मोरङ र सुनसरीमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्री ओली आज मोरङ र सुनसरीमा


३ चैत्र २०७५, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुने छन् ।

उनको आज विहान १० बजे काठमाडौंबाट विराटनगर तर्फ जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले दिउँसो साढे ११ बजे मोरङको कटारी नगरपालिकामा निर्माण गरिएको कृषि बजारको उद्घाटन गर्ने छन् ।

यस्तै दिउँसो साढे १२ बजे विराटनगरमा नेपाल कम्यूनिष्ट (नेकपा)को प्रदेश नम्बर १ का सदस्यहरुलाई सपथ गराउने छन् ।

उनले दिउँसो ३ बजे बर्जु गाउँपालिकाको बर्जु तालको निरीक्षण र स्थानीय सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस