पत्नि सीताको उपचारका लागि प्रचण्ड आज अमेरिका जाँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पत्नि सीताको उपचारका लागि प्रचण्ड आज अमेरिका जाँदै


३ चैत्र २०७५, आइतबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि अमेरिका जाने भएका छन् ।

छोरी ज्वाइ गंगा र जीवन आचार्यसहित दाहाल दम्पती  आज(आइतबार) साँझ ५ बजे इतिहाद एयरवेजस् बाट अमेरिका जान लागेको उनको निजी सचिवालयले जनाएको छ । पत्नी सीताको अमेरिकाको जोन हकिङ्स् अस्पतालमा उपचार हुने जनाएको छ ।

अध्यक्ष प्रचण्डकी पत्नि सीता दाहाल वंशाणुगत पार्किन्स, मधुमेह र उच्च रक्तचापबाट पीडित छन् । गत असोज १० मा रोग निदानका लागि सिंगापुर लगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस