माउन्टेन बाइक प्रतियोगिता शुरु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

माउन्टेन बाइक प्रतियोगिता शुरु


प्रशासन संवाददाता

१ चैत्र २०७५, शुक्रबार


काठमाडौं । १७ औँ राष्ट्रिय माउन्टेन बाइक एवं नवौँ राष्ट्रिय डाउनहिल च्याम्पियनसिप प्रतियोगिता आजदेखि शुरु भएको छ ।

नेपाल साइक्लिङ एशोसिएशनले आयोजना गरेको प्रतियोगिता गोकर्णेश्वर नगरपालिकाको राष्ट्रिय शहीद तथा शान्ति स्मारकमा शुरु भएको हो । पहिलो दिन आज डाउनहिलका पुरुष सिनियर र जुनियर एवं महिला समूहको खेल खेलाइएको थियो ।

पुरुष सिनियरतर्फ एक मिनेट २०.७०२ सेकेण्डमा निर्धारित दूरी पार गरी सुमन तामाङ प्रथम भए । यसैगरी एक मिनेट ३०.७१२ सेकेण्डमा दूरी पार गरी कुञ्जनी राई दोस्रो र एक मिनेट ४०.५१३ सेकेण्डमा दूरी पार गरी निरेन्द्र महर्जन तेस्रो भए ।

पुरुष जुनियरमा निरव श्रेष्ठ पहिलो, तेजÞसन कुँवर दोस्रो र दीपक जिमी तेस्रो भए । उनीहरुले क्रमशः एक मिनेट १८.८५५ सेकेण्ड, एक मिनेट २२.६२८ सेकेण्ड र एक मिनेट २४.१३७ सेकेण्डमा निर्धारित दूरी पार गरेका थियो । महिलातर्फ एक मिनेट ५५.१९४ सेकेण्डमा निर्धारित दूरी पार गरी निश्मा श्रेष्ठ पहिलो, दुई मिनेट २८.४४९ सेकेण्डमा पार गरी रोजिशा लिम्बू दोस्रो र दुई मिनेट ३६.०६८ सेकेण्डमा दूरी पार गरी आरती श्रेष्ठ तेस्रो भएका थिए ।

कार्यक्रम उद्घाटन गोकर्णेश्वरका नगर प्रमुख सन्तोष चालिसेले गरेका थिए ।  नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो । शनिबार क्रसकन्ट्रीका प्रतिस्पर्धीको प्रतियोगिता हुने जनाइएको छ । सबै खेलका विजयी खेलाडीलाई शनिबार दिउँसो पुरस्कार एवं प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस